प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागी बाट लाखौंको क्षति

२०७९-०७-१६

  • A
  • A-
  • A+
Share

दोलखा, शैलुङ गाउँपालिका-३ बाघखोर बजार स्थित टिका बहादुर श्रेष्ठको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको छ । आगो सोहि भवनमा रहेको जुत्ता पसलबाट करेन्ट सर्ट भई लागेको थियो । उक्त आगोबाट निज टिका बहादुर श्रेष्ठको जुत्ता पसल, फेन्सि पसल र उक्त घरको झ्याल, ढोका, किचनको सामान जलि नष्ट भएको छ । आगोबाट कुनै मानविय तथा चौपाय क्षति भने भएको छैन । आगलागीबाट अन्दाजी रू. ५०,००,०००।– (पचास लाख) बराबरको क्षति भएको छ । आगो प्रहरी र स्थानियको सहयोगमा आगो पुर्ण रूपमा नियन्त्रणमा आएको थियो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।