प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागी बाट लाखौंको क्षति

२०७९-०७-१६

  • A
  • A-
  • A+
Share

दोलखा, शैलुङ गाउँपालिका-३ बाघखोर बजार स्थित टिका बहादुर श्रेष्ठको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको छ । आगो सोहि भवनमा रहेको जुत्ता पसलबाट करेन्ट सर्ट भई लागेको थियो । उक्त आगोबाट निज टिका बहादुर श्रेष्ठको जुत्ता पसल, फेन्सि पसल र उक्त घरको झ्याल, ढोका, किचनको सामान जलि नष्ट भएको छ । आगोबाट कुनै मानविय तथा चौपाय क्षति भने भएको छैन । आगलागीबाट अन्दाजी रू. ५०,००,०००।– (पचास लाख) बराबरको क्षति भएको छ । आगो प्रहरी र स्थानियको सहयोगमा आगो पुर्ण रूपमा नियन्त्रणमा आएको थियो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार