प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०७-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-५ सानो पोखरा स्थित प्रहरीले बिशेष सूचना को आधारमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिईएको बिशेष टोलिले ना.४८ प.९००५ नं.को मोटरसाईकललाई रोकि  चेकजाँच गर्दा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४६० मिलि ग्राम र सानो डिजिटल तराजु १ थान फेला परेको थियो । नियन्त्रणमा आउने मानिस हेटौंडा-१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा-११ थानाभर्‍याङ बस्ने २५ वर्षीय अनिष चौलागाई र हेटौंडा-२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेका छन । निजहरूलाई लागुऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ । 

सम्बन्धित समाचार