प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०७-१२

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-४ धुसेरी बस्ने २९ वर्षीय जिवन नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन । घटनाको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई हेर्दा घटनास्थलमा खुकुरी फेला परेको, मृतक को टाउकोमा चोट लागेको अवस्था रहेको थियो । उक्त घटनामा शंकास्पद मानिसलाई प्रहरीको उक्त टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने मानिस जिल्ला नवलपुर गैंडाकोट नगरपालिका-७ बस्ने ३४ वर्षीय सुरेश कुमाल रहेका छन । निज कुमाललाई प्रहरीले घटनास्थल देखी ५ किलोमिटर टाढा माडी नगरपालिकाको बसन्तपुर बजारबाट नियन्त्रणमा लिएको हो । यस घटनाको सम्बन्धमा आवश्यक अन्य अनुशन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार