प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षती

२०७९-०७-१२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-५ ढुंग्रेछाप बस्ने लोक बहादुर रायमाझीको घरमा रहेको किराना पसल, मासु पसल, कस्मेटिक पसलमा अचानक आगिलागी भएको छ । आगलागिबाट उक्त पसलहरुमा रहेको सम्पुर्ण सामानहरु जलि नष्ट भएको छ भने घरमा आंशिक रुपमा क्षती भएको छ । कुनै मानबिय तथा चौपाया क्षती भने भएको छैन । उक्त आगोबाट अन्दाजी रू. १२,७५,०००।–(बाह्र लाख पचहत्तर हजार) बराबरको क्षती भएको अनुमान गरिएको छ । आगो प्रहरी तथा स्थानियको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । यस घटना बारे थप अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार