प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बस दुर्घटनामा परी ९ जना मानिसहरु घाईते

२०७९-०७-११

  • A
  • A-
  • A+
Share

रसुवा, कालिका गाउँपालिका-३ स्थित पासाङल्हामु सडक खण्डमा बस दुर्घटनामा परी ९ जना मानिसहरु घाईते भएका छन । कालिकास्थानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा३ ख. ६०३५  नं. को बस ओरालोमा आफै अनियन्त्रित भई सडकमै दुर्घटना भएको थियो । दुर्घटना हुँदा उक्त बसमा सवार ९ जना यात्रुहरु घाईते भएका थिए । घाईतेहरु उपचार नुवाकोट त्रिशुली अस्पतालमा भईरहेको छ भने ४ जना घाईतेहरुलाई थप उपचारको लागि काठमाण्डौं ट्रमा सेन्टर रिफर गरिएको छ । यस घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार