आगलागीबाट लाखौंको क्षति
२०७९-०७-०८
- A
- A-
- A+
रामेछाप, उमाकुण्ड गाउँपालिका-२ तार्जे बस्ने राम बहादुर
खड्काको घरमा अचानक बिधुत सर्ट भई आगोलागी भएको छ । आगलागीबाट निज खड्काको कच्ची
घर जलि पुर्ण रुपमा क्षति भएको छ । आगलागीबाट घर भित्र रहेको भाँडा बर्तन,अन्न पात
,लत्ताकपडा, नगद रू २५००००/- (दुईलाख पचास हजार), सुन ४ तोला र चाँदी ५ तोला समेत जलि अन्दाजी रू २८,७००००/- (अठ्ठाईस लाख
सत्तरी हजार) बराबरको क्षति भएको छ । उक्त आगोबाट भने कुनै मानवीय तथा चौपाय क्षति
भएको छैन । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।