प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा ३४ जना मानिसहरू प्रहरीको नियन्त्रणमा

२०७९-०७-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३४ जना लाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट दुई प्रहरी निरीक्षकको कमाण्डमा मुचुल्का सहितको टोली खटीगई जुवा खेलिरहेको स्थान बाट कौडा १३ थान, तास १३ बुक, नगद रु.७३,०००/- (त्रिहत्तर हजार) बरामत गरी खेल्ने, च्याखे थाप्ने, हेर्ने ३३ जना पुरुष र प्रहरी संग अभद्र ब्यवहार गर्ने १ जना महिला सहित जम्मा ३४ जना लाई नियन्त्रणमा लिईएको छ । यस घटनाको सम्बन्धमा आवश्यक काम कारबाही भईरहेको छ । 

सम्बन्धित समाचार