प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०७-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० जिल्ला प्रहरी कार्यालय गेट अगाडि पुर्व-पश्चिम सडक खण्डमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको विशेष टोलिले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना१ज २६२७ नं.को म्याजिकलाई रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाजाँ सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने जिल्ला पर्सा बिरगंज महानगरपालिका-२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन । निजले जेब्रा झोला र ह्याण्ड ब्यागमा लुकाई छिपाई ल्याएको ११ के.जि.३९० ग्राम लागुऔषध गाजाँ प्रहरीले फेला परेको थियो । निज ओमप्रकाश पटेललाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार