काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना
२०७९-०७-०५
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-५
चण्डेश्वरी स्थित रिबिओपी बनेपा भित्री सडक खण्डमा चप्लेटीबाट बनेपा तर्फ आउँदै
गरेको प्रदेश ३ -०२- ००१ प ७८७३ नं. को स्कुटर आफै अनियन्त्रित भई सडक छेउमा रहेको
फलामको पोलमा ठक्कर खाँदा उक्त स्कुटर चालक सोहि नगरपालिका-१० जनागल बस्ने १९
वर्षीय नबिन तिमलसिना मध्यम घाईते भएका छन भने सोहि स्कुटरमा सवार सोहि
नगरपालिका-९ तिनदोबाटो बस्ने २० वर्षीय सोनिक श्रेष्ठ गम्भिर घाईते भएका छन । घाईतेहरुको
उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएको छ । गम्भिर घाईते भएका श्रेष्ठको
थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौंमा रिफर गरिएको छ । घटना बारे
आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।