प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना

२०७९-०७-०५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-५ चण्डेश्‍वरी स्थित रिबिओपी बनेपा भित्री सडक खण्डमा चप्लेटीबाट बनेपा तर्फ आउँदै गरेको प्रदेश ३ -०२- ००१ प ७८७३ नं. को स्कुटर आफै अनियन्त्रित भई सडक छेउमा रहेको फलामको पोलमा ठक्कर खाँदा उक्त स्कुटर चालक सोहि नगरपालिका-१० जनागल बस्ने १९ वर्षीय नबिन तिमलसिना मध्यम घाईते भएका छन भने सोहि स्कुटरमा सवार सोहि नगरपालिका-९ तिनदोबाटो बस्ने २० वर्षीय सोनिक श्रेष्ठ गम्भिर घाईते भएका छन । घाईतेहरुको उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएको छ । गम्भिर घाईते भएका श्रेष्ठको थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौंमा रिफर गरिएको छ । घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार