लोडरबाट खसि चालकको मृत्यु
२०७९-०७-०५
- A
- A-
- A+
रसुवा, आमाछोदिङमो गाउँपालिका-५ स्थितमा रहेको निर्माणाधिन सान्जेन जलविधुत आयोजनाको
ड्याम साईडमा लोडरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला दाङ
राप्ति गाउँपालिका-४ बस्ने ३६ वर्षीय बसन्त राज घिमिरे रहेका छन । निज उक्त
आयोजनामा लोडर अप्रेटर काम गर्दै आईरहेका थिए । मृतक आफैले चलाएको लोडर बाट अचानक
खस्न गई घाईते भएका थिए । ढाडमा चोट भएका घाईते घिमिरेलाई उपचारको लागि जिल्ला
अस्पताल धुन्चेमा ल्याएको थियो । निजलाई चेक जाँच गर्दा मृत्यु भईसकेको कुरा
चिकित्सकले घोषणा गरेका थिए । घटना बारे थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।