प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लोडरबाट खसि चालकको मृत्यु

२०७९-०७-०५

  • A
  • A-
  • A+
Share

रसुवा, आमाछोदिङमो गाउँपालिका-५ स्थितमा रहेको निर्माणाधिन सान्जेन जलविधुत आयोजनाको ड्याम साईडमा लोडरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला दाङ राप्ति गाउँपालिका-४ बस्ने ३६ वर्षीय बसन्त राज घिमिरे रहेका छन । निज उक्त आयोजनामा लोडर अप्रेटर काम गर्दै आईरहेका थिए । मृतक आफैले चलाएको लोडर बाट अचानक खस्न गई घाईते भएका थिए । ढाडमा चोट भएका घाईते घिमिरेलाई उपचारको लागि जिल्ला अस्पताल धुन्चेमा ल्याएको थियो । निजलाई चेक जाँच गर्दा मृत्यु भईसकेको कुरा चिकित्सकले घोषणा गरेका थिए । घटना बारे थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार