प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

फलामको सामनहरु चोरी गरी जाँदै गरेको अवस्थामा ४ जना मानिसहरु प्रहरीको नियन्त्रणमा

२०७९-०७-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-१२ जितपुर भञ्ज्याङ स्थितमा फास्टट्रयाक निर्माणको लागी राखेको फलामको सामनहरु चोरी गरी जाँदै गरेको अवस्थामा सवारी र मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने मानिसहरु गढी गाउँपालिका-२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बि.क., बकैया गाउँपालिका-१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन । फलामको सामनहरु अन्दाजी १२/१३ कुईन्टल बराबरको रहेको । उक्त फलामको सामनहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा चोरी गरि लिई जाँदै छ भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट जितपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिईएको टोलीले नियन्त्रणमा लिएको हो । उक्त बोलेरो गाडिलाई अगाडी अगाडी बाटो देखाउँदै हिड्दै गरेको  बा५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र उक्त मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याई थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।