प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

घुसको रकम सहित मानिस नियन्त्रणमा

२०७९-०७-०२

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-१ स्थितमा रहेको खानेपानी तथा सरसफाई डिभिजन नं.४, बागमती प्रदेश, मन्थली कार्यालयका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापालाई प्रहरीले घुस सहित नियन्त्रणमा लिएको छ । निजहरुले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुसको माग गरेका थिए । निजहरु माथि उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई आएको प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको टोलीले निज इन्जिनियर नवराज सत्याल र करार पलम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाट निजहरुलाई नियन्त्रणमा लिएको हो । घट्ना बारे प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार