घुसको रकम सहित मानिस नियन्त्रणमा
२०७९-०७-०२
- A
- A-
- A+
रामेछाप, मन्थली नगरपालिका-१ स्थितमा
रहेको खानेपानी
तथा सरसफाई डिभिजन नं.४, बागमती प्रदेश, मन्थली कार्यालयका
इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापालाई
प्रहरीले घुस सहित नियन्त्रणमा लिएको छ । निजहरुले खानेपानी सम्बन्धी कामको
भुक्तानी वापत सेवाग्राहीसँग घुसको माग गरेका थिए । निजहरु माथि उजुरी निवेदनको
आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई आएको
प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको टोलीले निज
इन्जिनियर नवराज सत्याल र करार पलम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको
अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको
निवासबाट निजहरुलाई नियन्त्रणमा लिएको हो । घट्ना बारे प्रहरीले थप अनुसन्धान कार्य
गरिरहेको छ ।