लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-०२
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९ चोरखोला स्थित बि.पि.राजमार्गमा
प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट
प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिक सहित प्रहरी टोलिले झापाबाट काठमाण्डौ तर्फ जाँदै
गरेको प्रदेश ३-०१-००५ ख ९७९९ नं.को वीङगर गाडिलाई चेकजाँच गर्दा उक्त गाडिको
अन्तिम सिटमा सवार जिल्ला झापा हल्दिवारी गाउँपालिका-१ बस्ने २५ वर्षीय बिशाल
राईले बोकेको पछाडि भिर्ने झोलाको भित्री भागमा सेतो प्लास्टीक भित्र अन्दाजी १०१
ग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको हो । प्रहरीले निज व्यक्तिलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।