प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०७-०२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ चोरखोला स्थित बि.पि.राजमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिक सहित प्रहरी टोलिले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७९९ नं.को वीङगर गाडिलाई चेकजाँच गर्दा उक्त गाडिको अन्तिम सिटमा सवार जिल्ला झापा हल्दिवारी गाउँपालिका-१ बस्ने २५ वर्षीय बिशाल राईले बोकेको पछाडि भिर्ने झोलाको भित्री भागमा सेतो प्लास्टीक भित्र अन्दाजी १०१ ग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको हो । प्रहरीले निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार