प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिष्फोटक पटाका सहित मानिस नियन्त्रणमा

२०७९-०७-०१

  • A
  • A-
  • A+
Share

सिन्धुलीकमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित प्रहरीले बिष्फोटक पटका सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि.राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा उक्त चेकपोष्टमा खटिएको चेकिङ टोलिले बर्दिबासबाट भिमान बजार तर्फ आउँदै गरेको ज.१.ह. २३७५ नं. को अटो चेकजाँच गर्ने क्रममा अटोको डिकी भित्र रहेको ८ वटा ठुलो प्याकेट प्रत्येक प्याकेटमा ७०० पिसका दरले जम्मा ५६०० पिस नागिन पटका फेला पारेको हो । अटो चालक सोही नगरपालिका-४, धुराफाट बस्ने २७ वर्षीय पारस थिङ रहेका छन । निजलाई अटो र पटका सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । उक्त अटोमा सवार सोहि नगरपालिका-६, धुरा बस्ने २२ वर्षीय बिबेक महतो र १७ वर्षीय संजिब साहलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार