प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न ६७ औं प्रहरी दिवस २०७९ विशेष दिवा कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित सम्मान गर्नुको साथै प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाण-पत्रसहित पुरस्कृत गरिएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालय लगायत मातहतमा कार्यरत १७ जना प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित तथा ९ जना प्रहरी कर्मचारीहरूलाई नगदद्वारा पुरस्कृत गरिएको हो ।  पुरस्कार वितरण कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले अब सम्पूर्ण जनशक्ति निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रहरी पोसाक लगाएको प्रहरी सदैव निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउँदै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले सबै नागरिकहरूलाई समान रूपले व्यवहार गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । दिवा कार्यक्रम दिउँसो ३ बजेदेखी ४:३० बजेसम्म संचालन भएको थियो ।

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।