प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नि:शुल्क स्वास्थ्य सिविर सम्पन्न

२०७९-०६-२८

  • A
  • A-
  • A+
Share

६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडाले  आयोजना गरेको नि:शुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । हेटौंडा अस्पताल र हेटौंडा सामुदायिक आँखा अस्पतालको समन्वयमा उक्त सिविर सम्पन्न भएको हो । सिविरमा रक्तचाप, मधुमेह, आँखाको परीक्षण, छाला सम्बन्धी परीक्षण र नाक, कान तथा घाँटी सम्बन्धी सामान्य परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच पश्चात् नि:शुल्क औषधी समेत वितरण गरिएको थियो । सिविरबाट  २ सय ९६ जना सकल दर्जाका प्रहरी कर्मचारीहरूले स्वास्थ्य सेवा लिएका थिए । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-११

चितवन, राप्ती नगरपालिका-८ स्थितमा थ्री ग्रुपबाट बिरेन्द्रनगर तर्फ आउँदै गरेको ना ७ प ६५१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको देखि ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरी टोलीले मोटरसाईकललाई उठाउन जाँदा उक्त मोटरसाईकलमा सवार जिल्ला चितवन, भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-८, थ्री ग्रुप बस्ने वर्ष १४ को अमर सुनारले बोकेको जेब्रा झोला शंका लागि चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याएको २ किलोग्राम लागुऔषध गाँजा फेला परेकोले मोटरसाईकल, लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।