प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित ३ जना नियन्त्रणमा

२०७९-०६-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित राक्सिराङ देवकोट सडकखण्डमा राक्सिराङबाट मनहरी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१च १३१८ नम्बरको यात्रुबाहक बलेरोमा लागुऔषध गाँजा बोकी ल्याएको छ भन्ने विशेष सूचनाको आधारमा उक्त बलेरो रोकी चेकजाँच गर्दा लागुऔषध गाँजा १२ के.जि. ५०० ग्राम ‍सहित  भारत मोतिहारी जिल्ला बलही गाउँ बस्ने ३५ वर्षीय रमेश माझी, ५५ वर्षीय हरिन्द्र माझी र ४० वर्षीय दिलिप माझीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार