क्रिकेट प्रतियोगिता सम्पन्न
२०७९-०६-२७
- A
- A-
- A+
६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकवानपुरले विजय हासिल गरेको छ भने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा उपबिजेता भएको छ । विजेता खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ ।