प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध वनरेक्स १५८ बोतल फेला

२०७९-०६-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१, जरुवाटोल स्थित भित्री एरियामा जरुवाटोल चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले जिल्ला सर्लाहीबाट आएको बा.१८च ६६०६ न.को स्कारपियो गाडीसँगै प्रदेश-३ ०२ ००६प ८०४१ न.को स्कुटी रोकी सामान झार्ने क्रममा गस्ती टोलीले सोधपुछ गर्न खोज्दा स्कुटी चालक भागेकोले तत्काल जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट विशेष टोली खटी गई दुबै सवारी साधन तथा स्कारपियो चालकलाई नियन्त्रणमा लिई सामान चेकजाँच गर्दा लागुऔषध वनरेक्स १५८ बोतल फेला परेको । थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

 

सम्बन्धित समाचार
लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।