झुण्डी मृत अवस्थामा
२०७९-०६-२४
- A
- A-
- A+
सिन्धुली, मरिण गाउँपालिका-२, वांका बस्ने छत्र बहादुर थापाको छोरा १९ को नन्दराज थापा घरबाट अन्दाजी ३०० मिटर पश्चिममा रहेको जनहित सामुदायिक बनमा खस्रेको रुखमा नाम्लोको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । यस्तै, लमजुङ, घर भई हाल जिल्ला चितवन, भरतपुर महानगपालिका-७, स्थित बस्ने २९ वर्षीय सुर्य बहादुर राना मगर आफु सुत्ने कोठाको झ्यालको रडमा सुरुवालको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।