प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मौलो पूजा सम्पन्न ।

२०७९-०६-१८

  • A
  • A-
  • A+
Share

मिति:२०७९/०६/१८ गते । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंको अवसरमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यज्यूले मौलो पूजा अर्चना गर्नुभएको छ । सो अवसरमा सम्पुर्ण सकल दर्जाका प्रहरी कर्मचारीहरू समेतले मौलो परिक्रमा गरेका छन् । नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षा अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

सम्बन्धित समाचार
नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित विभिन्न कार्यक्रमहरु सम्पन्न
२०८१-०१-०५

    नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित कार्यक्रमहरुमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा अवस्थित भूटनदेवी मन्दिर परिसरको सरसफाई कार्यक्रम भएको थियो । त्यसैगरी दोस्रो चरणमा नेपाल प्रहरी श्रीमती संघ हेटौंडाको कार्यालय शुभारम्भ, कार्य समितिका पदाधिकारीज्यूलाई पदवाहाली, रक्तदान कार्यक्रम शुभारम्भ एवं ग्रामीण जीवनस्तर सुधार मञ्च हाम्रो बाल गृह मकवानपुरमा खाद्यन्न तथा स्टेशनरीका सामाग्री वितरण समेत भएको थियो ।         उल्लेखित कार्यक्रमहरुमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यू, प्रहरी उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौका पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका कार्य समितिका पदाधिकारीज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरूको उपस्थिति रहेको थियो  ।        रक्तदान कार्यक्रममा ५८ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यूबाट नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।