युवक मृत अवस्थामा फेला
२०७९-०६-१३
- A
- A-
- A+
रामेछाप, मन्थली नगरपालीका-४ सालु स्थित एक युवक मृत अवस्थामा
फेला परेका छ । मृतक लिखुतामाकोशी-५ धोविडाडा घर भई हाल मन्थली-४ सालु स्थित ठुली
आमा बिन्दा दमाईको घरमा बसोबास गर्दै आएको बलमान दमाईको छोरा २२ वर्षीय कबिराज
दमाई रहेका छन् । निज आफ्नो ठुलीआमाको घर नजिक मानिस बसोबास नगर्ने सानु दमाईको
घरमा मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल लाशजाँच मुचुल्का सहित थप अनुसन्धान
कार्य प्रहरीले गरिरहेको छ ।