प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०६-१०

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरे घाट स्थित प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । पृथ्वीलोकमार्गमा प्रहरी चौकी जोगिमाराबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटि गएको टोलीले सोहि स्थित चेकजाँच गर्ने क्रममा पैदलयात्री सोहि जिल्ला रुबिभ्याली गाउँपालिका-७ बस्ने कुल बहादुर गुरुङको छोरा २९ वर्षीय धन बहादुर गुरुङले बोकेको सुटकेट भित्र प्लास्टिकमा पोको पारि राखेको अन्दाजी १३ के.जी. लागुऔषध गाँजा सहित निजलाई प्रहरी उक्त टोलीले नियन्त्रणमा लिएको हो । घट्नाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-१०-१८

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे  चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगन्जबाट हेटौंडा बजारतर्फ आउदै गरेको बा.प्र.०३-००१ ज ०९२८ नम्बरको इभि गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार भइ आएका जिल्ला बाग्लुङ हलङ्चोक नगरपालिका-३ बस्ने वर्ष अन्दाजी १९ को बिवेक घर्तिमगरको साथबाट १ ग्राम ६८० मिलि ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको छ । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।