प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाको समुद्घाटन सम्पन्न

२०७९-०६-०९

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाहरुको एक कार्यक्रमवीच समुद्घाटन सम्पन्न भएको छ । नेपाल सरकारको नियमित बजेट मार्फत रु. ३,६८,३१,८५९।८८ को लागतमा निर्मित महिला छात्रा तथा भान्साघर र रु. २१,५७,२६८।७१ को लागतमा निर्मित सोधपुछ कक्षको आज एक समारोहविच समुद्घाटन गरिएको हो । उद्घाटन पश्चात उहाँले नवनिर्मित भौतिक संरचनाको निरीक्षण समेत गर्नु भएको थियो ।
समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भईरहेको यस बागमती प्रदेश प्रहरी विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । आजको प्रतिस्पर्धात्मक विश्व जगतमा गुणस्तरिय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनिहरुको भूमिका र समाज प्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गंभिर हुनुपर्ने उहाँले बताउनुभयो । आज निर्माण सम्पन्न भई समुद्घाटन भएका भौतिक संरचनाले यस प्रहरी विद्यालयको शिक्षण प्रणाली लगायत अध्ययन र अध्यापन कार्यलाई थप सहज र प्रभावकारी बनाई शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपुर्ण भूमिका खेल्ने कुरा समेत उहाँले व्यक्त गर्नु भयो ।
कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी नायव उपरीक्षक कमल भण्डारी, शिक्षक अनिता देवकोटा लगायत प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक निरीक्षक दिनेश थापा, प्रहरी हवल्दार अमिन बस्‍नेत, प्रहरी सहायक हवल्दार प्रकाश घिमिरे समेतलाई प्रशंसापत्रद्धारा सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्‍चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रमुख अतिथिलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा विद्यालयका प्राचार्य प्रधुन्न पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका संरक्षक एवं बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक ई. ईश्‍वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी, अभिभावकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न ।
२०८२-०३-२४

बागमती प्रदेश, धुलिखेल, काभ्रेपलाञ्चोक: आज मिति २०८२।०३।२४ गते तालुक नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धुलिखेल, काभ्रेपलाञ्चोकमा संचालन भएको एक दिवसीय “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यता र श्रीमान गृह सचिव गोकर्णमणि दुवाडी ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा, विशिष्ट अतिथि बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालज्यू, नेपाली सेनाका बलाधिकृत रथी निर्मल कुमार थापाज्यू, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाज्यू, NDRRMA कार्यकारी प्रमुख ई. दिनेश भट्टज्यू, नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखा प्रमुख, सहसचिव श्री रामचन्द्र तिवारीज्यू, प्रदेश सुरक्षा समितिका पदाधिकारीज्यूहरू, बागमती प्रदेशका (१३) वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत विभिन्न संञ्चार माध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीज्यूहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाहरूको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीज्यूहरूले आ-आफ्नो जिल्लाको समग्र विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूबाट “प्रदेश स्तरीय सुरक्षा गोष्ठी” मा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू एवं अन्य अतिथिज्यूबाट राख्नु भएका विषयवस्तुका सम्बन्धमा आवश्यक निर्देशन सम्बोधन पश्चात कार्यक्रमका अध्यक्ष श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूको मन्तव्य सहित “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम सम्पन्न भएको थियो ।