प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षति

२०७९-०६-०९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१३ फट्कशिला बस्ने ३५ वर्षीय श्याम श्रेष्ठको घरमा आगोलागि भई लाखौंको क्षति भएको छ । उक्त आगलागि हुँदा भुई तलामा बाधेको २ वटा बाख्रा, १ वटा खसी, १ वटा भैंसी निसासियर मरेको र उक्त घरको दोस्रो तलामा समेत गरी पालेको १,०००/- (एक हजार) कुखुरा मध्ये ५०० कुखुरा निसासियर मरेर अन्दाजी १२,५००००।– (बाह्र लाख पचास हजार) बराबरको क्षती भएको छ । आगो प्रहरी र स्थानियको संयुक्त प्रयासमा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न
२०७९-०८-१६

नेपाली सेनाको श्री नेपाली सैनिक स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक गौतम मिश्रले बागमती प्रदेश प्रहरीको समग्र वस्तुस्थितीको जानकारी गराउँदै जिम्मेवारीको क्षेत्र, प्रहरी कामकारबाही तथा शान्ति सुरक्षा र सहकार्यको बारेमा जानकारी प्रदान गर्नुभएको हो । प्रशिक्षण पश्चात शिक्षार्थी अधिकृतहरूले राख्नुभएको बिभिन्न जिज्ञासाको समेत प्रहरी उपरीक्षक मिश्रले सामाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीबाट १ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १ जना गरी जम्मा ४३ जना शिक्षार्थी अधिकृत तथा ३ जना नेपाली सैनिक स्टाफ कलेजका शिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।