प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अचानक कामी मृत्यु भएको

२०७९-०६-०९

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवि गाउँपालिका-३ सित्खा स्थित माझि गाउँमा माझी जातिको परम्परा रितिरीवाज अनुसार माझीहरुको पितृ निकाल्ने क्रममा सोहि बस्ने अन्दाजी ५० वर्षीय विमा माझीको शरीरमा काम (कामी) आई तत्कालै मृत्यु भएको हो । सोहि बस्ने ६/७ जना व्यक्तिहरु कामी रहेको छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी सित्खाबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित तथा वर्ष ८० की सुनमाया माझी लाई उपचारको लागी सिन्धुली तर्फ पठाएको, घटनास्थल लाशजाँच मुचुल्का तथा थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न
२०७९-०८-१६

नेपाली सेनाको श्री नेपाली सैनिक स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक गौतम मिश्रले बागमती प्रदेश प्रहरीको समग्र वस्तुस्थितीको जानकारी गराउँदै जिम्मेवारीको क्षेत्र, प्रहरी कामकारबाही तथा शान्ति सुरक्षा र सहकार्यको बारेमा जानकारी प्रदान गर्नुभएको हो । प्रशिक्षण पश्चात शिक्षार्थी अधिकृतहरूले राख्नुभएको बिभिन्न जिज्ञासाको समेत प्रहरी उपरीक्षक मिश्रले सामाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीबाट १ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १ जना गरी जम्मा ४३ जना शिक्षार्थी अधिकृत तथा ३ जना नेपाली सैनिक स्टाफ कलेजका शिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।