प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०६-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट नजिकै प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

बि.पि.राजमार्गमा भिमान चेकपोष्ट नजिकै गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा सिभिल टोली र ईलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलिले सोहि नगरपालिका-७ बस्ने अन्दाजी २५ वर्षीय बिमल बस्नेतले निलो रङको साईडमा भिर्ने ह्याण्ड ब्याग भित्र NITRAVET लेखिएको २० वटा पातामा ( एउटा पातामा ३० पिसको दरले जम्मा ६०० पिस मध्धे  २ पिस निकालेको) जम्मा ५९८ ट्याबलेट (चक्की) र निजले नै लगाएको Adidos कम्पनिको सेतो रङको जुत्ताभित्र पहेलो रङको प्लाष्टिक भित्र लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ अन्दाजी १ ग्राम सहित बाटोमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-११

चितवन, राप्ती नगरपालिका-८ स्थितमा थ्री ग्रुपबाट बिरेन्द्रनगर तर्फ आउँदै गरेको ना ७ प ६५१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको देखि ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरी टोलीले मोटरसाईकललाई उठाउन जाँदा उक्त मोटरसाईकलमा सवार जिल्ला चितवन, भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-८, थ्री ग्रुप बस्ने वर्ष १४ को अमर सुनारले बोकेको जेब्रा झोला शंका लागि चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याएको २ किलोग्राम लागुऔषध गाँजा फेला परेकोले मोटरसाईकल, लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।