प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी मृत्यु

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजार आदर्श चोक स्थित बसको ठक्करबाट बालकको मृत्यु भएको छ । दुर्घटना सोहि स्थित पृथ्वीलोकमार्गमा काठमाण्डौबाट गोर्खा तर्फ जाँदै गरेको ग १ ख ४५६५ नं.को बसले स्कुल जाँदै गरेको आदर्श स्कुल गजुरीमा कक्षा १ मा  पढ्ने सोहि स्थित बस्ने दिल बहादुर नेपालीको छोरा ६ वर्षीय बिजय परियारलाई ठक्कर दिंदा निज बालकको घटना स्थलमै मृत्यु भएको हो । घट्नास्थल लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-११

चितवन, राप्ती नगरपालिका-८ स्थितमा थ्री ग्रुपबाट बिरेन्द्रनगर तर्फ आउँदै गरेको ना ७ प ६५१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको देखि ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरी टोलीले मोटरसाईकललाई उठाउन जाँदा उक्त मोटरसाईकलमा सवार जिल्ला चितवन, भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-८, थ्री ग्रुप बस्ने वर्ष १४ को अमर सुनारले बोकेको जेब्रा झोला शंका लागि चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याएको २ किलोग्राम लागुऔषध गाँजा फेला परेकोले मोटरसाईकल, लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।