प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चट्याङ लागी मृत्यु

२०७९-०६-०४

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० जोगिमारा बस्ने ६४ वर्षीय जितमाया सुनारको चट्याङ लागी मृत्यु भएको छ । घट्नास्थल मुचुल्का पश्‍चात लाश पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको । घट्ना बारे थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०७-१६

नुवाकोट, बिदुर नगरपालिका-४, बट्टार स्थित जगत बहादुर श्रेष्ठको घरमा डेरा गरि बस्ने वडा-९, डिबजार घर भएको वर्ष अन्दाजी ३४ को सन्तोष सार्की र निजको भाई सोहि बस्ने वर्ष अन्दाजी ३२ को बसन्त सार्किले लागुऔषध सेवन गर्छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई निजहरु बसेको कोठामा खानतलासी गर्दा कोठाबाट TRAMADOS HYDRO CHLORIDE CAPSOLES नामक लागुऔषध ७७ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको २२ पत्ता, SPASMO नामक लागु औषध १३५ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको ३२ पत्ता फेला परेको थियो । निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।