प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भिरबाट लडी मृत्यु

२०७९-०६-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-३ तल्लो दहपोखरी बस्ने राजेन्द्र तामाङको २५ वर्षीय सन्तोकी मायाँ तामाङ भिरबाट लडी मृत्यु भएको छ ।

निज सोहि स्थित घर बाट अन्दाजी ३०० मिटर पुर्ब तर्फ आफ्नै भिरालो पाखोमा घाँस काट्न गईघाँस काटि घाँसको भारी बोक्ने क्रममा चिप्लेर अन्दाजी १० फिट तल लड्न गई घाँसको भारीले थिचि मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।