लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०७९-०४-१८
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उप-महानगरपालिका-११
थानाभर्याङ स्थितमा रहेको चिया पसलमा प्रहरीको बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी
पोष्ट थानाभर्याङ बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि
स्थित बस्ने २३ वर्षीय आशिस विश्वकर्मा र शिशिर भन्ने १८ वर्षीय बसन्त कप्रौला लाई
नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरुको साथबाट ४०० मिली ग्राम ब्राउन सुगर जस्तो
देखिने धुलो पदार्थ फेला परेको थियो । लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।