प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध धातु र विदेशी मुद्रा सहित मानिस नियन्त्रणमा

२०७९-०४-१७

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-३ थोपल स्थित प्रहरीले गोप्य सूचनाको आधारमा अवैध धातु सुन र विदेशी मुद्रा सहित मानिस नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि स्थित रहेको खोलाको पक्कि पुलमा लपाङफेदीबाट धादिङबेशी तर्फ आउँदै गरेको ग.१ ज ६७५३ नं.को तुफान फोर्स गाडिमा सुन जस्तो देखिने धातु र अमेरिकि डलर जस्तो देखिने नगद ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा उक्त नं.को गाडीलाई नियन्त्रणमा लिई चेक जाचँ गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २६ वर्षीय शोभा तामाङ र सोहि बस्ने ४५ वर्षीय बेग बहादुर तामाङले बोकेको प्लाष्टिकको झोला भित्र सुन जस्तो देखिने धातु (५८८.१ ग्राम), अमेरिकि डलर जस्तो देखिने नगद (५० को ५७ वटा-२८५० र,१०० को १६३ वटा-१६,३००) फेला परेको हो । प्रहरीले दुबै जना लाई नियन्त्रणमा लिई अनुसन्धान पश्‍चात निज बेग बहादुर तामाङको घर खानतलासि गर्दा निजको घरबाट अटोमेटिक पेस्तोल २ थान, सोको म्यागजिन २ थान, सोको गोलि २० राउण्ड, कटुवा पेस्तोल १ थान र सुन जस्तो देखिने पँहेलो धातु ५ थान बरामद गरी नियन्त्रणमा लिएको छ । प्रहरीले आवश्यक थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित विभिन्न कार्यक्रमहरु सम्पन्न
२०८१-०१-०५

    नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित कार्यक्रमहरुमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा अवस्थित भूटनदेवी मन्दिर परिसरको सरसफाई कार्यक्रम भएको थियो । त्यसैगरी दोस्रो चरणमा नेपाल प्रहरी श्रीमती संघ हेटौंडाको कार्यालय शुभारम्भ, कार्य समितिका पदाधिकारीज्यूलाई पदवाहाली, रक्तदान कार्यक्रम शुभारम्भ एवं ग्रामीण जीवनस्तर सुधार मञ्च हाम्रो बाल गृह मकवानपुरमा खाद्यन्न तथा स्टेशनरीका सामाग्री वितरण समेत भएको थियो ।         उल्लेखित कार्यक्रमहरुमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यू, प्रहरी उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौका पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका कार्य समितिका पदाधिकारीज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरूको उपस्थिति रहेको थियो  ।        रक्तदान कार्यक्रममा ५८ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यूबाट नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।