प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक फेला

२०७९-०४-१५

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढि नगरपालिका-३ ठुलो बगर स्थित बाटोको छेउमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक प्रहरीको गस्ती टोलीले फेला पारेको छ ।

प्रहरी चौकी कुमरी नुवाकोटबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले पैदल गस्ती गदैँ जाने क्रममा उक्त बाटो छेउको झाँडीमा लुकाई राखेको लोड अवस्थामा रहेको भरुवा बन्दुक नाल - ३ फेला पारेको हो । प्रहरीले रितपुर्वक मुचुल्का सहितको कार्य गरी थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।