प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सेवनबाट मृत्यु

२०७९-०४-१३

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१४ लौरीघोल बस्ने लालमाँया गुरुङको छोरा २२ वर्षीय राकेश गुरुङको अत्याधिक लागुऔषध सेवन गरी मृत्यु भएको छ ।

मृतक राकेश गुरुङ अत्याधिक लागुऔषध सेवनबाट बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुरमा ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार
खोलाले बगाई १ जना मानिसको मृत्यु
२०८३-०६-१३

जिल्ला सिन्धुली दुधौली नगरपालिका-१० कर्था बस्ने भदिया सदाको छोरा बर्ष अन्दाजी ४०/४५ को मोहना सदा गाई बस्तु चराउन गोठालो गएकोमा कमलाखोला तर्ने क्रममा अचानक कमलाखोलाले  बगाई अन्दाजी २ कि.मि. पश्चिम तर्फ ऐ.ऐ. वडा नं ९  टाडी पुलको किनारामा अचेत अवस्थामा रहेको भन्ने स्थानितले टेलिफोन मार्फत प्रहरी चौकी दुधौली सिन्धुलीमा जानकारी गराउना साथ उक्त स्थानमा  प्रहरीको टोली खटि गई स्थानिय र प्रहरीको सहयोगमा उद्दार गरी तत्काल उपचारको लागी दुधौली नगर अस्पताल सिर्थोलीमा ल्याई चेकजाँच गर्दा चिकित्शकले मृत घोषणा गरेको, थप अनुसन्धान तथा मुचुल्काको लागी इलाका प्रहरी कार्यालय डकाहाबाट मुचुल्का सहितको टोली खटि गएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-११

जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ सुकुम्बासी टोल स्थित एका बहादुर आलेको घरमा लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट समेत प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा जिल्ला मकवानपुर राक्सीराङ घर भई हाल सोही घरमा बस्दै आएको वर्ष अन्दाजी २४ को शरण कार्की र भीमफेदी गाउपालिका-५ बस्ने वर्ष अन्दाजी २७ को मिलन स्याङबो शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खोजतलास गर्दा निजहरु बसेको कोठामा लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध १ ग्राम १९० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।