लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-३०
- A
- A-
- A+
मकवानपुर,
भिमफेदी गाउँपालिका-९ चुनिया स्थित भित्रि सडक खण्डमा नामटार पोष्ट बाट प्रहरी सहायक
निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले घैराङबाट चुनिया बजारतर्फ आउदै गरेको
ना.२ ह ३५६६ नं.को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा अटोको पछाडिको सिटमा
प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ९६ के.जि.(५ पोका) फेला
पारेका छन् । उक्त लागुऔषध गाँजा सहित निम्न मानिसहरूलाई आवश्यक अनुसन्धानका लागि
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तर्फ पठाएका छन् ।
निम्न:-
१) अटो
चालक:- जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-२ रिठ्ठेपानि बस्ने ३० वर्षीय अविषेक
लामा ।
२) सवार:-
कैलाश गाउँपालिका-९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले ।
३) सवार:-
कैलाश गाउँपालिका-१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा ।