प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ स्कुलरोड स्थित जिल्ला प्रहारी कार्यालय मकवानपुर बाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको बिशेष टोलिले चेकजाँच गर्ने क्रममा बसपार्क बस्ने अन्दाजी ३१ वर्षीय राजेश बि.क.ले बोकेको झोला भित्र लागुऔषध वनरेक्स २२ बोतल (प्रती बोतल १०० ml) फेला परेको छ ।  निजले जिल्ला मकवानपुर गढी गाउँपालिका-७ बस्ने २६ वर्षीय मान बहादुर लामा समेत संलग्न भएको भनी जानकारी गराएकोले निज राजेश बि.क र मान बहादुर लामा लाई नियन्त्रनमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२०

मकवानपुर, भिमफेदि गाउँपालिका-१, बागझोरा स्थित हेटौंडा भैसे सडकखण्डमा प्रहरी चौकी भैसेबाट प्रहरी सहायक निरीक्षक र प्रहरी चौकी चौकीटोलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलिले सानोटारबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा.९४ प ८०८६ नं.को मोटरसाईकललाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने अन्दाजी वर्ष ३६ को कुमार सिं गोलेले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी ७ किलोग्रम फेला परेको । निजलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०३-१९

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी नायव निरीक्षक र प्रहरी चौकी जोगिमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा रातो पहेलो कलरको झोलामा अन्दाजी ५ किलोग्राम र NIKE लेखेको कालो कलरको झोलाबाट अन्दाजी २ किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । जिल्ला धादिङ सिद्धलेख गाउँपालिका-१, बस्ने वर्ष २६ को रोसन भट्ट र निलकण्ठ नगरपालिका-७, बस्ने वर्ष ३० को प्रकास पोखरेललाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेकोछ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

धादिङ, गल्छी गाउँपालिका-५, कोईलीखर्क स्थित बस्ने वर्ष अन्दाजी ४४ को अर्जुन तामाङको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जना प्रहरी टोलि खटि गई चेकजाँच गर्ने क्रममा निजको घरभित्र लुकाई राखेको हरियो कलरको जेब्रा झोला भित्र ४ पोका पोल्याण्ड अन्दाजी ४ के.जि. र सेतो कलरको बोराभित्र पोका पारी राखेको अन्दाजी ३ के.जि. लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा, पोल्यान्ड र निज व्यक्ति अर्जुन तामाङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।