प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ स्कुलरोड स्थित जिल्ला प्रहारी कार्यालय मकवानपुर बाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको बिशेष टोलिले चेकजाँच गर्ने क्रममा बसपार्क बस्ने अन्दाजी ३१ वर्षीय राजेश बि.क.ले बोकेको झोला भित्र लागुऔषध वनरेक्स २२ बोतल (प्रती बोतल १०० ml) फेला परेको छ ।  निजले जिल्ला मकवानपुर गढी गाउँपालिका-७ बस्ने २६ वर्षीय मान बहादुर लामा समेत संलग्न भएको भनी जानकारी गराएकोले निज राजेश बि.क र मान बहादुर लामा लाई नियन्त्रनमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

 

सम्बन्धित समाचार
खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-१४

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  चालक जिल्ला सिन्धुली कमलामाई नगरपलिका- १२ बस्ने बर्ष अन्दाजी-२५ को तुल बहादुर घिमिरेले चलाएको बा ४ ख २९६५ नम्बरको हायसमा सवार जिल्ला झापा कमल गाँउपालिका-५ बस्ने बर्ष अन्दाजी-२८ को पुजन थापालाई शंका लागि चेक जाजँ गर्दा निजले लगाएको जिन्स पाइन्टको गोजीमा लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २.१०० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।