भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३-०६-०७
- A
- A-
- A+
रसुवाको भोटेकोशीमा आएको
विनाशकारी बाढीका कारण बुधबार १४:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको
छ ।
जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२
जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९
जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा
२ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५० जनाको शव फेला
परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका
लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३
वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि
मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए
नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २२ वटा शवहरूको विवरण
नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि
हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म
बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य भइरहेको
छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ४२ जना
व्यक्तिहरूलाई राखिएको छ ।