प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि. राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय, भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको ट्राफिक सहितको ५ जना प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौं तर्फ आउदै गरेको बा. ४ ख ६६७३ न.को हाईसमा सवार जिल्ला सर्लाही हरिपुर नगरपालिका-२ बस्ने १८ वर्षीय प्रसान्त गोले र सोही स्थित बस्ने १८ वर्षीय नम पुलामी मगरले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध जस्तो देखिने ट्याबलेट सहित निज प्रसान्त गोले र नम पुलामी मगरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

निम्न

१)     NITRAVET-10 लेखिएको ७० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा २१०० पिस

२)     NOOPHIN-४ पिस एम्पुल, DIAZEPAM-४ पिस एम्पुल र PHENERGAN-४ पिस एम्पुल गरी जम्मा १२ पिस एम्पुल ।

३)     SYRINGE-३ पिस

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-११

चितवन, राप्ती नगरपालिका-८ स्थितमा थ्री ग्रुपबाट बिरेन्द्रनगर तर्फ आउँदै गरेको ना ७ प ६५१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको देखि ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरी टोलीले मोटरसाईकललाई उठाउन जाँदा उक्त मोटरसाईकलमा सवार जिल्ला चितवन, भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-८, थ्री ग्रुप बस्ने वर्ष १४ को अमर सुनारले बोकेको जेब्रा झोला शंका लागि चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याएको २ किलोग्राम लागुऔषध गाँजा फेला परेकोले मोटरसाईकल, लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।