बसको ठक्कर बाट मानिसको मृत्यु
२०७८-१२-१७
- A
- A-
- A+
मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९
नेवारपानी स्कुल चोक स्थित पुर्व पश्चिम सडकखण्डमा बसको ठक्करबाट एक पैदल यात्रीको
मृत्यु भएको छ ।
मृत्यु हुने मानिस सोहि नेवारपानी बस्ने ७३ वर्षीय मान
बहादुर ढकाल रहेका छन् । निजलाई पुर्व-पश्चिम सडकखण्डमा मोरङ उर्लाबारी बाट
काठमाण्डौ तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १३६५ नं.को बसले ठक्कर दिएको
हो । ठक्करबाट गम्भिर घाईते भएका निज मान बहादुर ढकालको उपचारको लागी हेटौडा
अस्पताल पठाईएकोमा हेटौडा अस्पताल पुग्नासाथ डाक्टरलले निजलाई मृत घोषणा गरेको
थियो । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, घट्ना
बारे अन्य अनुसन्धान कार्य भईरहेको ।