प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

संकास्पद औषधी सहित मानिस नियन्त्रणमा

२०७८-१२-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा  ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ईटहरीबाट काठमाण्डौं तर्फ आउँदै गरेको ना.८.ख ३२९४ नं.को चाउचाउ लोड गरेको ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त ट्रकको Dashboard मा लुकाई छिपाई ल्याएको निम्न अनुसारको औषधी लागुऔषध जस्तो देखिने फेला परेको थियो । प्रहरीले उक्त ट्रक, ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका-२ बस्ने २४ वर्षीय सन्देश तामाङ र त्यसमा सवार सोहि स्थित बस्ने २४ वर्षीय उमेश परियार समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

निम्न अनुसारको औषधीहरूः

१)     Tramadol Hydrochloride Capsules Tramol-50 लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको)

२)     SPASMO-७ पिस (१ पत्तामा १० पिस हुनुपर्नेमा ७ पिस मात्र रहेको)

CTZ (सी.टी.जेड)-११ पिस (१ पत्तामा १४ पिस हुनुपर्नेमा ११ पिस मात्र रहेको)

सम्बन्धित समाचार