प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-१६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलिले बिरगंज जानको लागी गाडी पर्खदै गरेको व्यक्ति माथि शंका लागी चेकजाच गर्दा देश भारत छाप्रा जिल्ला सबलपुर बस्ने अन्दाजी ७० वर्षीय गणेश रायले हातमा बोकेको झोला र शरिरमा लुकाई छिपाई ल्याएको ५ किलो ५०० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषध गाँजा सहित निज गणेश रायलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई  आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार
संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०२-२४

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूसँग उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरूले बागमती प्रदेशको शान्ति सुरक्षाको विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले संचारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राणाले प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा संचार माध्यमको समेत महत्वपूर्ण भूमिका हुने भएकाले निरन्तर समन्वय गर्दै अगाडी बढ्न संचारकर्मीहरूलाई आह्वान समेत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरूको काम कारबाहीको सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो ।