भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा
२०७८-१२-१३
- A
- A-
- A+
नुवाकोट, किस्पाङ गाउँपालिका-३ किर्ने
बगर बस्ने ३३ वर्षीय गम्बो तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । घरमा
लुकाई छिपाई राखेको घरेलु हतियार भरुवा बन्दुक थान एक निज गम्बो तामाङ आफ्नै घरको
पिडीमा बसि सफा गरिरहेको अवस्थामा प्रहरी चौकी फिकुरेबाट प्र.स.नि.को कमाण्डमा
खटिएको टोलीले फेला पारि नियन्त्रणमा लिएको हो । निजलाई प्रहरीले नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।