प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्टमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा ५ जना खटिएको टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । सर्लाहीबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना.१.ज ७०७२ नं.को Winger गाडिको चालक साईडको ११ नं. सिटमा सवार जिल्ला मकवानपुर बागमती गाउँपालिका-२ सानोबगर बस्ने २८ वर्षीय कुमार स्याङतानले बोकेको भिर्ने झोलाभित्र रहेको कालो प्लास्टिकको झोलामा कागजमा पोका पारी ल्याएको (४ पोका) अन्दाजी ७५ (पच्चहत्तर) ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई हो । यस घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०२-२४

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूसँग उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरूले बागमती प्रदेशको शान्ति सुरक्षाको विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले संचारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राणाले प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा संचार माध्यमको समेत महत्वपूर्ण भूमिका हुने भएकाले निरन्तर समन्वय गर्दै अगाडी बढ्न संचारकर्मीहरूलाई आह्वान समेत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरूको काम कारबाहीको सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो ।