प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यु

२०७८-१२-०७

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-२ गागन बजार स्थित मदनभण्डारी राजमार्गमा मोटरसाईकल दुर्घटना भई एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुने युवक जिल्ला मोरङ इटहरा गाउँपालिका-४ बस्ने २२ वर्षीय अबिशेक भट्टराई रहेका छन् । निज प्र.१-०२-०४४ प. ५००९ नं. NS 200 पल्सर मोटरसाईकलमा भिमान बाट डकाहा तर्फ जाँदै गर्दा दुधौली नगरपालिका-२ गागन बजार स्थित मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट बायाँ तर्फ अन्दाजी ३५ फिट तल झरी दुर्घटना भएको हो । उक्त दुर्घटनामा निज मोटरसाईकल चालक अबिशेक भट्टराईको बायाँ हात, बायाँ खुट्टा भाँचिएको नाकबाट रगत बगि बेहोस रहेको अवस्थामा प्रहरीले फेला पारि निजको उपचारको लागी चन्दनपुर ओम साई मेडिकलमा लगिएकोमा डाक्टरले निजलाई हेर्दा मृत घोषणा गरेको थिए । घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार