लागूऔषध सहित २ जनालाई पक्राउ
२०८३-०६-११
- A
- A-
- A+
मिति २०८३।०६।११ गते अन्दाजी १४:३० बजेको समयमा लागूऔषध खैरो
हिरोइन बिक्रि वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
मकवनापुर र वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरको प्रहरी टोली खटि गइ खोजतलास गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-०५
पिप्ले स्थित माछा पालनको सुरक्षा गार्ड बस्ने घरमा ना १९ प ९८५७ नम्बरको मो.सा. रोकि
राखेको अवस्थामा मो.सा. चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-०५ बस्ने वर्ष अन्दाजी
२९ को रोहन सिंहलाई शंका लागी चेकजाँच
गर्दा लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ निजको दाहिने हातको मुठ्ठी ७ पुरिया (तौल गर्दा
नेट तौल ५२० मिलि ग्राम) फेला पारी निजलाई सोधपुछ गर्दा जिल्ला पर्सा बिन्दबासीनि
गाउपालिका-०४ घर भई हाल हेटौडा उपमहानगरपालिका-०५ पिप्ले बस्ने वर्ष अन्दाजी २४ को
सुरज साहले बेचेको भनि जानकारी गराएकोले निज सुरज साहलाइ समेत निजकै डेरा कोठा
नजिकैबाट नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भई रहेको छ ।