भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
२०८३-०६-०६
- A
- A-
- A+
रसुवाको
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय
५१ जनाको शव फेला परेको छ ।
जसमध्ये
रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना,
धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १
हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा
मृत्यु भएको हो ।
फेला
परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी
हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ
। शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३
सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा
शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी
प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि
हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म
बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य भइरहेको
छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४७ जना
व्यक्तिहरूलाई राखिएको छ ।