मानिस मृत अबस्थामा फेला परेको
२०८३-०६-०५
- A
- A-
- A+
जिल्ला
खोटाङ हलेशी टुवाचुङ नगरपालिका-२ घरभई हाल जिल्ला काभ्रे महाभारत गाँउपालिका-६ बनखुचौर
स्थित नवनिर्मित अस्पतालमा काम गर्ने कामदारहरुलाई खाना पकाउने काम गर्दै आएकी बर्ष
अंन्दाजी २५ की सिर्जना राई मिति २०८३।०५।२९ गते देखि हराएको भनि इलाका प्रहरी कार्यालय
देविटार काभ्रेमा मिति २०८३।०५।३१ गते हुलिया सहितको निवेदन दिएकोमा खोजतलास गर्दै
जाने क्रममा निज महिला जिल्ला काभ्रे महाभारत गाँउपालिका-६ बनखुचौर स्थित डाँडाबाट
अन्दाजी ३०० मिटर तल लडी मृत अबस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनसाथ उक्त
स्थानमा प्रहरीको टोली खटिई गई घटनास्थल सुरक्षित राखिएको, उक्त लाश झाडीमा खुट्टा
अल्झीएको अबस्थामा रहेको, थप अनुसन्धान तथा घटनास्थल मुचुल्लाको लागि इलाका प्रहरी
कार्यालय मंगलटार काभ्रेबाट प्रहरी निरीक्षको टोली र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट
SOCO सहितको टोली खटि गई, आवश्यक अनुसन्धान कार्य भईरहेको
।