प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-११-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगर स्थित राक्सिराङ मनहरी भित्री सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।

बिहान अन्दाजी ०६:२० बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा राक्सिराङ बाट मनहरीतर्फ आउँदै गरेको बा.७ च १६०६ नं.को पिकअप गाडिलाई रोकी चेकजाँच गर्दा पिकअप पछाडिको ढालामा फल्स बटम बनाई लुकाई  छिपाई ल्याएको अन्दाजी १८० के.जि. लागुऔषध गाँजा फेला पारेको थियो । प्रहरीले पिकअप गाडि सहित सो गाडीमा सवार निम्न स्थान बस्ने निम्न मानिषहरु लाई नियन्त्रणमा लिई थप अनुसन्धान ईलाका प्रहरी कार्यालय मनहरी मा गरिरहेको छ ।

निम्नः

१)पिकअप चालक जि.मकवानपुर हेटौडा उ.म.न.पा.१६ बस्ने बर्ष २९ को बुद्धिमान वाईबा ।

२) ऐ.ऐ.बस्ने बर्ष २९ को अर्जुन स्याङतान ।

३) ऐ.ऐ.बस्ने बर्ष ३० को बिनोद पाख्रीन ।

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।