सवारी दुर्घटना
२०८३-०५-११
- A
- A-
- A+
मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका -४ स्याउली बजार स्थित भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०७९३ नम्बरको ई.भी. गाडीले विपरित दिशा काठमाण्डौबाट बीरगंज तर्फ आउँदै गरेको बा. ९६ प ५२९ नम्बरको मोटरसइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला बारा कलैया उपमहानगरपालिका-१३ बस्ने बर्ष अन्दाजी २९ को उत्तम पंडितको बाँया हात र ढाँडमा चोट लागेको उपचारको लागी बिर अस्पताल काठमाण्डौमा ल्याई उपचार भईरहेको ।